संसद पुनर्स्थापना हुन्छ भनेर भन्न सकिने अवस्था छैन- प्रचण्ड-Sutra News

संसद पुनर्स्थापना हुन्छ भनेर भन्न सकिने अवस्था छैन- प्रचण्ड

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले संसद पुनर्स्थापना भएर सरकार बन्ने कुरामा विश्वास गर्न नसकिने बताएका छन् ।



विपक्षी गठबन्धनका नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग गरेको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘संसद त पुनःस्थापना हुन्छ तर अझैपनि विश्वस्त हुन सक्ने अवस्था छैन ।’ उनले भनेका छन् ।

सरकारले अदालतसँग सेटिंग गरेको हुनसक्ने प्रचण्डको आशंका रहेको छ ।

त्यस्तै अध्यक्ष प्रचण्डले राष्ट्रपति संस्था नै बदनाम भएको बताएका छन् । ‘राष्ट्रपति भनेको गणतन्त्रको प्रमुख संस्था हो । राष्ट्रपति संस्था यति बदनाम होला भन्ने कल्पना गरेको थिएनौं । तर त्यस्तो भयो ।’ उनले भने । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट