कांग्रेसको १४ औं महाधिवेशन: आफ्नो पक्षमा माहोल बनाउन दौडधूप तीव्र-Sutra News

कांग्रेसको १४ औं महाधिवेशन: आफ्नो पक्षमा माहोल बनाउन दौडधूप तीव्र

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै छ । आगामी भदौ १६ देखि १९ सम्मलाई महाधिवेशन मिति तोकिएको छ । महाधिवेशनका लागि कांग्रेसले केन्द्रदेखि गाउँ तहसम्म तयारी थालेको छ ।



विवादित रहेको क्रियाशील सदस्यताको टुंगो पनि छिट्टै लाग्ने कांग्रेसले जनाएको छ । शीर्ष नेताहरू केन्द्रीय नेतृत्वका लागि एकअर्कासँग सहयोग माग्नेदेखि आफ्नो पक्षमा माहोल बनाउन व्यस्त छन् ।

सभापतिको उम्मेदवारी दिने तयारीमा वर्तमान सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा.शशांक कोइराला, डा.शेखर कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंहसमेत छन् ।

७ असारमा निधि निवास नयाँ बानेश्वरमा निधिसहित प्रकाशमान सिंह र डा.शशांक कोइरालाबीच महाधिवेशकै विषय छलफल भएको थियो । त्यसको ४ दिपछि ११ असार शुक्रबार महाराजगञ्जस्थित डा.शशांक कोइरालाको निवासमा निधि, सिंहबीच नै छलफल भयो । भेटका क्रममा यी तीन नेताले एकअर्कासँग सहयोग मागे ।

1624271413-OUEZA.jpg

संस्थापन पक्षमा रहेका निधिले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि इतरसमूहसँग छलफल बढाएका हुन् । निधिसँग देउवाले सहयोग मागेपछि निधिले आफू पनि सभापति उठ्ने बताए । सोही कारण देउवा केही झस्किएका छन् ।

उता १३ औं महाधिवेशनमा देउवासँग पराजित भएका रामचन्द्र पौडलले यसपटक सभापतिको उम्मदवारी दिने तयारीमा छन् । त्यसका लागि पौडेलले कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्ने कृष्ण सिटौलासहितका नेताहरूलाई भेटेर सहयोग मागेका छन् ।

1624604889-Dt7aD.jpg

आज सोमबार नेतृ सुजाता कोइराला निवास महाराजगञ्जमा पौडेलसहितका नेताहरूबीच महाधिवेशन केन्द्रीत छलफल भएको छ । जुन छलफल पौडेलले नै आयोजना गरेका हुन् ।

संस्थापन पक्षबाट देउवा नै सभापतिमा उठ्ने लगभग टुंगो लोग पनि इतर पक्षमा समस्या छ । इतर पक्षबाट साझा उम्मेदवार पौडेल, कोइराला, सिटौला र सिंहमध्ये एक हुन सक्छन् । तर वरिष्ठताका आधारमा पौडेलको नै सम्भावना रहेको कांग्रेस स्रोतको भनाइ छ ।

Ramchandra-krishna-sujata2021-06-28-05-07-46.jpeg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट