काठमाडौं- प्रतिनिधिसभा विघटन मुद्दामा सोमबारको सुनुवाई सकिएको छ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले ३ घण्टा २० मिनेट बहस गरेका छन् । मंगलबार नायव महान्यायाधीवक्ता पदमप्रसाद पाण्डेयले बहस गर्नेछन् । पाण्डेयका लागि २ घण्टा समय छुट्याइएको छ ।
बडालले धारा ७६ (५) मा दलीय निर्देश हिप लाग्ने दाबी गरे । कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद गणेश पहाडी र सरला यादवसमेतको हस्ताक्षर दुरुपयोग गरेको जिकिर गरेका छन् ।
बडालले उपधारा ५ अनुसार स्वतन्त्र रुपमा निर्वाचित भएका सांसदहरु पनि सरकार बनाउने दावी लिएर जान सक्ने व्याख्या गरेका छन् । ‘दलका सदस्य भए दलको पत्र चाहिन्छ दलको सदस्य नभए स्वतन्त्र रुपमा जान सक्छन् भनेको हो’ इजलासमा उनले भने, ‘दल चाहिँ चाहिन्छ, यो संविधानले निर्दललाई स्थान नै दिएको छैन ।’