काठमाडौं- कोपा अमेरिकामा लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरेसँगै अर्जेन्टिनाले बोलिभियामाथि सानदार जित निकालेको छ ।
मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ४-१ गोलको जित निकालेको हो । खेलको छैठौं मिनेटमा गोमेजको गोलबाट अर्जेन्टिनाले खेलमा अग्रता लियो । उनलाई गोल गर्न मेसीले पास दिए । मेसीले त्यसपछि दुई गोल गरे । उनले खेलको ३३ मिनेटमा पेनाल्टीमार्फत् र ४२ मिनेटमा अर्को गरी दुई गोल गरेका हुन् ।६० मिनेटमा बोलिभियाका साभेन्द्रले गोल फर्काए ।
😍 ABRAZO DE FIGURAS 🦶 🧤#VibraElContinente CONMEBOL #CopaAmérica pic.twitter.com/oTyfkRVuu5
— Copa América (@CopaAmerica) June 29, 2021
६५ मिनेटमा लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि चौथो गोल गरेका थिए । यसअघि नै अन्तिम आठमा पुगेको अर्जेन्टिना चार खेलबाट १० अंक जोडेर समूह विजेता बन्यो । अर्जेन्टिनाले एक खेलमा बराबरी खेल्दा तीन खेलमा जित निकाल्यो ।
¡Le quedó justa! Lautaro Martínez aprovechó el rebote y anotó el 4-1 de @Argentina sobre @laverde_fbf
🇧🇴 Bolivia 🆚 Argentina 🇦🇷#VibraElContinente #VibraOContinente pic.twitter.com/reBJFI62Sz
— Copa América (@CopaAmerica) June 29, 2021
समूहबाट ७ अंक जोडेर उरुग्वे दोस्रो, ६ अंक जोडेको पाराग्वे तेस्रो र ५ अंक जोडेको चिली चौथो हुँदै अन्तिम आठमा पुगे । बोलिभियामा भने सबै चार खेलमा हार व्यहोर्दै बाहिरियो ।