पर्सामा चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ।
चट्याङ लागेर सखुवाप्रसौनी गाउँपालिकाका दुईजना र जिराभवानी गाउँपालिकाका एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाउँमा भैंसी चराउन गएको बेलामा ५५ वर्षीय रघुवीर यादव, २७ वर्षीय रोसुला गदी र रोपाइँ गर्न गएकी जिराभवानी–३ जितपुर बस्ने ५० वर्षीय असुतरनीदेवी थरुनीको चट्याङ लागेर मृत्यु भएको बताइएको छ ।
यस्तै घटनामा परेर अन्य ३ जना घाइते भएका छन् ।