काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज मंगलबार बस्ने भएको छ ।
बुधबार हुने महाधिवेशन आयोजक कमिटी बैठकको तयारीबारे छलफल गर्न आज बैठक बस्न लागेको एक नेताले सूत्रन्युजलाई जानकारी दिए ।
आजको बैठकमा माधव पक्षका केही नेताहरु सहभागी हुने संभावना रहेको स्रोतले बतायो ।
एमाले अहिले २ समूहमा विभाजन भएको छ । पार्टी एकताका लागि दोस्रो तहका नेताहरुको छलफल पनि जारी छ ।
केही दिन अगाडी बसेको स्थायी कमिटीको बैठकले पार्टी एकताका लागि जुनसुकै हदसम्म पनि पुग्न सकिने निष्कर्ष निकालेको थियो ।
माधव पक्ष र अध्यक्षसमेत रहेका केपी ओली पक्षको अडानका कारण एमाले झन् विभाजन हुने अवस्थामा छ ।