कृषकको माग सम्बोधन गर्न भारतबाटै नेता खनालको ध्यानाकर्षण-Sutra News

कृषकको माग सम्बोधन गर्न भारतबाटै नेता खनालको ध्यानाकर्षण

मंगलबार, १५ असार २०७८

मंगलबार, १५ असार २०७८

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले किसानहरुले उठाउँदै आएका जायज मागहरुलाई सम्बोधन गर्नका लागि ध्यानाकर्षण गराएका छन् ।



मंगलबार सामाजीक सञ्जाल फेसबूकमा धान दिवशको अवसरमा शुभकामना दिँदै नेता खनालले कृषि प्रणालीको उत्पादन सम्बन्धी तालिम प्रदान गरेर उत्पादन बढाउनुपर्नेमा समेत जोड दिए ।

‘कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि आवश्यक आधुनिक उपकरणहरू उपलब्ध गराउने, किसानका अधिकार सुनिश्चित गर्ने, कृषि प्रणालीको उत्पादन सम्बन्धी विषेश तालिमहरु प्रदान गरेर कृषि उत्पादन वृद्धि गरि कृषिलाई आत्मनिर्भर बनाउनु पर्ने आवश्यकता रहेको छ।’ उनले लेखेका छन् ।

स्वास्थ्यमा समस्या आएपछि उनी अहिले भारतको एपोलो अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट