भारतमा १०२ दिनयताकै कम संख्यामा कोरोना संक्रमण, दैनिक मृतकको संख्या हजार भन्दा थोरै-Sutra News

भारतमा १०२ दिनयताकै कम संख्यामा कोरोना संक्रमण, दैनिक मृतकको संख्या हजार भन्दा थोरै

मंगलबार, १५ असार २०७८

मंगलबार, १५ असार २०७८

बितेको २४ घण्टामा भारतमा ३७ हजार ५६६ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७  पुगेको छ ।



२४ घण्टामा भएको कोरोना सङ्क्रमित यो संख्या विगत १०२ दिनयता कै सवैभन्दा कम हो ।  चालीस  हजारभन्दा कम व्यक्ति कोरोना सङ्क्रमण भएको १०२ पछि यो पहिलो पटक हो ।

सोही अवधिमा भारतमा थप ९०७ कोरोना संक्रमितको मृत्यु भाको छ । यो सँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९७ हजार ६३७ पुगेको छ ।

हाल भारतमा पाँच लाख ५२ हजार ६५९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट