काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अधिकार अपहरण भएको बताएका छन् ।
मंगलबार संसद भवनमा पत्रकारहरुसँगको छलफलमा सभामुख सापकोटाले यस्तो बताएका हुन् ।
त्यस्तै उनले पटकपटक संसदको अवमूल्यन भएको पनि उल्लेख गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटकपटक सर्वदलीय बैठक बस्न आग्रह गरेको तर उनले त्यसमा चासो नदेखाएको उनको आरोप छ ।