बागमती प्रदेशसभा बैठक असार १७ गते बस्ने-Sutra News

बागमती प्रदेशसभा बैठक असार १७ गते बस्ने

मंगलबार, १५ असार २०७८

मंगलबार, १५ असार २०७८

काठमाडौँ । बागमती सरकारको प्रदेशसभा बैठक आगामी असार १७ गते बस्ने भएको छ ।



मंगलबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले असार १७ गते ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।

बैठकमा गत असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ल्याएको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ । 

प्रदेशले आर्थिक वर्षका लागि ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट