काठमाडौं । नेतृत्व झस्काउने गरी भेटघाट तीव्र बनाएका नेपाली कांग्रेस नेताहरू बिमलेन्द्र निधि, प्रकाशमान सिंह र डा.शशांक कोइरालाबीच मंगलबारको भेटवार्ता सकिएको छ ।
पार्टीको महाधिवेशन मिति नजिकिदै जाँदा कांग्रेसका उपसभापति निधि, महामन्त्री डा.कोइराला र पूर्वमहामन्त्री सिंहबीचको छलफलले तीव्रता पाएको छ ।
मंगलबार तीन नेताबीच सिंह निवास चाक्सीबारीमा महाधिवशेन र सभापतिको उम्मेद्वारीका बिषयमा छलफल भएको हो । भेटमा महाधिवशेन र सभापतिको उम्मेद्वारीका बिषयमा छलफल भएको छ ।
त्यस्तै आजको भेटले तोकिएको समय (भदाै १६-१९) मा नै १४ औं महाधिवेशन सम्पन्न गराउने र क्रियाशील सदस्यताका साथै समायोजनाका विषयमा छलफल भएको नेता सिंहकाे भनाइ छ ।
उनले उनले महाधिवेशनलाई लोकतान्त्रीक पद्धतीअनुसार अघि बढाउनका लागि प्रक्रिया पूरा गरेकालाई क्रियाशील सदस्यता दिनुपर्नेमा छलफल भएको बताए । अहिलेको अवस्थामा पार्टीलाई लोकतान्त्रीक पद्धतीअनुसार चलाउनका लागि शुक्रबार कोइराला निवासमा सबै केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने सहमति भएको बताए ।
उनले महाधिवेशनलाई लोकतान्त्रीक पद्धतीअनुसार अघि बढाउनका लागि प्रक्रिया पूरा गरेकालाई क्रियाशील सदस्यता दिनुपर्नेमा छलफल भएको बताए । अहिलेको अवस्थामा पार्टीलाई लोकतान्त्रीक पद्धतीअनुसार चलाउनका लागि शुक्रबार कोइराला निवासमा सबै केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने उल्लेख गरे ।
सिंह, कोइराला र निधि तीनै जना आगामी महाधिवेशनमार्फत् सभापतिमा आकांक्षी छन् । निधि वर्तमान सभापति शेरबहादुर देउवानिकट मानिन्छन् भने सिंह र कोइराला संस्थापन इतरमा छन् ।
उनीहरुले आगामी शुक्रबार फेरी भेटवार्ता गर्ने भएका छन् ।