रुपा सुनारविरुद्ध भ्रामक समाचार लेख्ने यी ६ अनलाइन बन्द हुँदै, प्रेस काउन्सिलले काट्यो पत्र-Sutra News

रुपा सुनारविरुद्ध भ्रामक समाचार लेख्ने यी ६ अनलाइन बन्द हुँदै, प्रेस काउन्सिलले काट्यो पत्र

मंगलबार, १५ असार २०७८

मंगलबार, १५ असार २०७८

काठमाडौँ । रुपा सुनारविरुद्ध भ्रामक समाचार लेख्ने ६ वटा अनलाइन साइटहरु बन्द हुने भएको छ ।



प्रेस काउन्सिलले ६ अनलाइनलाई बन्द गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । मंगलबार नेपालभित्र उक्त अनलाइन प्रकाशन/प्रशारण हुन नसक्ने गरी प्रबन्ध मिलाउन भन्दै पत्राचार गरेको हो ।

बन्द हुने अनलाइनमा खबरमाला, कालापानीपोष्ट, मिडियाट्वान्टीपोष्ट, ग्यालेक्सी सेभेन एक्सप्रेस, आजको नयाँ, साँझा मिडिया डटकम रहेका छन् ।

सुनारले आफूविरुद्ध अफवाह फैलाएको भन्दै मिडियाविरुद्ध उजुरी दिएकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट