माओवादी केन्द्रलाई सर्वोच्चको ‘सरप्राइज’, कारवाहीमा परेका जनप्रतिनिधिलाई कामकाज गर्न अन्तरिम आदेश-Sutra News

माओवादी केन्द्रलाई सर्वोच्चको ‘सरप्राइज’, कारवाहीमा परेका जनप्रतिनिधिलाई कामकाज गर्न अन्तरिम आदेश

मंगलबार, १५ असार २०७८

मंगलबार, १५ असार २०७८

माओवादी केन्द्रले कारवाही गरेका २ जनप्रतिनिधिलाई सर्वोच्च अदालतले कामकाज गरिरहन अन्तरिम आदेश दिएको छ ।



एमालेमा लागेको भन्दै रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई माओवादी केन्द्रले कारवाही गरेको थियो ।

आफूमाथि गरिएको कारवाहीविरुद्ध उनीहरूले दायर गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै अदालतले दल त्याग गरेको नदेखिएकाले कामकाज गरिरहन अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश जारी गरेपछि उनीहरूले आफ्नो काम गर्न पाउने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट