राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले हलो जोते, इजरायली राजदूत बाउसे बनेर साथ दिए-Sutra News

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले हलो जोते, इजरायली राजदूत बाउसे बनेर साथ दिए

मंगलबार, १५ असार २०७८

मंगलबार, १५ असार २०७८

पर्वत- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ पर्वतको मोदी गाउँपालिका-७ राम्जामा आज उनीसहित धान रोपाईँ भएको छ । राष्ट्रियसभाको अध्यक्ष भएपछि दुई दशकपछि तिमिल्सिनाले मल्काको आफ्नै खेतमा पुगेर हलो जोतेका हुन् ।



असार १५ मा हिलोमा पस्नुपर्छ भन्ने नेपाली मान्यता छ । अध्यक्ष तिमिल्सिनाले हलो जोतिरहँदा इजरायली राजदूत हनान गोडर बाउसे बनेर साथ दिए ।

अध्यक्ष तिमिल्सिनाले विसं २०५९ पछि आफ्नै जन्म गाउँमा पुगेर रोपाइँमा सहभागी हुँदा असाध्यै रोमाञ्चित भएको जनाउँदै भने, ‘लामो समयपछि पनि रोपाईँका लागि हलो जोत्न, आली लगाउन बिर्सेको रैनछु भन्ने सुखद अनुभूति भएको छ ।’

ganeshpdtimilsina(1).jpg

इजराल कृषिमा विश्वकै नमुना देश मानिन्छ । राजदूतले मोदी गाउँपालिकासँग कृषि उत्पादनका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

कोभिड-१९ का कारण औपचारिक कार्यक्रम र भीडभाड हुने कार्यक्रम नगरिने भएकाले अध्यक्ष तिमिल्सिना जन्मगाउँ राम्जा पुगेर रोपाँईमा सहभागी भएका हुन् ।

सो कार्यक्रम स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट