काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव) लाई छलफलका लागि बोलाएको छ ।
यही असार २२ गते ११ बजे दुवै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा ४ मा विवादका पक्षहरूलाई सहमति कायम गर्ने अवसर दिने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार दुवै पक्षलाई २२ गते बोलाइएको छ,’ उनले भने ।
दुई ध्रुबमा विभाजित जसपाको अध्यक्ष उपेन्द्र यादव पक्षले आफ्नो पक्षलाई दलको आधिकारिकता दिनुपर्ने माग गर्दै निवेदन दिएको थियो ।
उक्त निवेदनमाथि निर्णय गर्नका लागि आयोगले अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रमाण पेस गर्न समय दिएको थियो ।