काठमाडौं- नेकपा एमालले दशौं महाधिवशेन आयोजक कमिटीलाई ०७५ जेठ २ मा कायम केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
स्थायी कमिटी सदस्य लेखराज भट्टकाअनुसार महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय बैठकले गरेको छ ।
उनकाअनुसार स्थायी कमिटीको निर्णयलाई बुधबार बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकले अनुमोदन गर्नेछ ।
बैठकले जेठ २ मा कायम केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाउने निर्णय पनि गरेको छ । उक्त बैठकमा पूर्वमाओवादीका नेताहरु पनि सहभागि हुने भट्टले बताए ।