काठमाडौं- युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को खेलमा स्वीडेनमाथि अतिरिक्त समयको गोलको सहयोगमा २-१ को जित निकाल्दै युक्रेनले अन्तिम ८ को स्थान पक्का गरेको हो ।
निर्धारित समयको खेलमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । स्वीडेनका लागि ४३ औँ मिनेटमा एमिल फोर्स्बर्गले बराबरी गोल फर्काए ।
त्यसअघि २७ औँ मिनेटमा युक्रेनका लागि ओलेक्सान्ड्र जिन्चेन्कोले गोल गरेका थिए । दोस्रो हाफमा दुवै तर्फबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो ।
९९ औँ मिनेटमा मार्कस डानिएल्सन सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि स्वीडेन १० खेलाडीमा सीमित भयो । युक्रेनका लागि अतिरिक्त समयको इन्जुरी समयमा अर्थात १२१ औँ मिनेटमा अर्तेम डोभ्बीकले विजयी गोल गरे ।
सेमिफाइनल प्रवेशका लागि युक्रेनले इंग्ल्याण्डको सामना गर्ने छ । मंगलबार नै भएको खेलमा जर्मनीमाथि २–० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।