काठमाडौं- अतिरिक्त समयको अन्त्यतिर आर्टेम डोभबीकले गरेको गोलको मद्दतमा युक्रेन युरोकप २०२० को क्वाटर्रफाइनलमा प्रवेश गरेको छ ।
बुधबार विहान सकिएको खेलमा युक्रेनले स्विडेनलाई २-१ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।
युक्रेनले खेलको २७ मिनेटमा जिनचेन्कोको गोलबाट अग्रता लिएको थियो । खेलको ४३ मिनेटमा फोर्सवर्गले स्विडेनका लागि बराबरी गोल फर्काए ।
त्यसपछि निर्धारित ९० मिनेटमा कुनै गोल हुन सकेन । ९९ मिनेटमा डेनिलसन रातो कार्ड पाउँदै बाहिरिदा स्विडेन १० खेलाडीमा सीमित बन्यो ।
अतिरिक्त समयको दोस्रो हाफमा थप गरिएको तीन मिनेट इन्जुरी टाइमको पहिलो मिनेटमा डिभबीले गोल गर्दा युक्रेनले रोमाञ्चक जित हात पार्यो । अब सेमिफाइनल प्रवेशका लागि युक्रेनले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।