क्यानडामा अत्यधिक गर्मी, ६० को मृत्यु-Sutra News

क्यानडामा अत्यधिक गर्मी, ६० को मृत्यु

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

क्यानडा- अत्यधिक गर्मीले क्यानडामा कम्तिमा ६० जनाको मृत्यु भएको छ । पश्चिमी प्यासिफिकको तटिय क्षेत्रमा चलेको तातो हावाले जनजिवन अस्तव्यस्त बनाएको छ ।



ब्रिटिश कोलम्बिया प्रान्तको लिएटन शहर गर्मीबाट सबैभन्दा बढी प्रभावित भएको छ । अधिकारीहरुकाअनुसार पछिल्लो दुई दिनमा ६० भन्दा बढीको आकस्मिक मृत्यु भएको खबर आएको छ ।

चरम गर्मीका कारण ज्यान गुमाउनेहरुमा ज्येष्ठ नागरिकहरु बढी छन् । लिएटन शहरमा हिजो अहिलेसम्मकै बढी ४७ दशमलव ९ डिग्रि सेल्सीयस तापक्रम मापन गरिएको छ ।

अघिल्लो हप्तासम्म क्यानडाको कुनैपनि प्रान्तमा ४५ डिग्रिभन्दा बढी तापक्रम पुगेको थिएन । विज्ञहरुले गर्मी अझै केही दिन बढ्नसक्ने भएकोले सतर्क रहन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट