शरीरमा ‘भिटामिन के’ को मात्रा बढाउन खानुहोस् यस्ता खानेकुरा-Sutra News

शरीरमा ‘भिटामिन के’ को मात्रा बढाउन खानुहोस् यस्ता खानेकुरा

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

शरीरका लागि ‘भिटामिन के’ को आवश्यकता पर्छ । ‘भिटामिन के’ विभिन्न खाद्यपदार्थमा स्वाभाविक रुपमा पाइन्छ । भिटामिन जस्ता आवश्यक पोषक तत्वहरुले हाम्रो स्वास्थ्यलाइ फिट राख्न महत्वपूर्ण भूमिका निभाउँछन् । विभिन्न प्रकारका भिटामिनयुक्त सन्तुलित आहारले शरीरलाई बलियो र रोग प्रतिरोध क्षमता बढाउँछ । ‘भिटामिन के’ एक यस्तो तत्व हो जो हाम्रो नियमित आहारमा समावेश हुनुपर्छ ।



किन आवश्यक छ ‘भिटामिन के’ ?

‘भिटामिन के’ महत्वपूर्ण फ्याट-घुलनशील भिटामिन हो, जसमा प्रोथ्रोम्बिन हुन्छ । यसले शरीरमा रगत जम्नबाट रोक्छ र रक्त क्याल्सियमको स्तरलाई नियन्त्रित गर्छ । ‘भिटामिन के’ ले वृद्ध व्यक्तिको एपिसोडिक मेमोरी सुधार गर्न सहायता गर्छ । यसले धमनीमा खनिजलाई अवरोध गरेर रक्तचाप कम बनाइराख्न मद्दत गर्छ ।

यसको कमी भएपछि गिजाबाट रगत बग्नुकासाथै रगत जमेको महशुस हुन्छ । ‘भिटामिन के’ को कमीले हड्डीमा खनिज पदार्थको कमी भएर ओस्टियोपोरोसिसको समस्या पनि हुनसक्छ । हामीले दैनिक खानेकुरामा यस्ता खानेकुरा समावेश गर्दा ‘भिटामिन के’ को मात्रालाई पूरा गर्न सक्छौं ।

ब्रो काउली

ब्रो काउली ‘भिटामिन के’ का साथै फाइबर, प्रोटिन, आइरन, पोटासियम, क्याल्सियम, सेलेनियम र म्याग्नेसियमले भरिपूर्ण हुन्छ । त्यसैले ब्रो काउली नियमित खानाले हड्डी घनत्व सुधार हुनुका साथै मांशपेशीको निमार्णमा फाइदा पुग्छ ।

केरा

केरा स्वादिष्ट फल हो । केरामा भिटामिन के कासाथै अन्य पोषक तत्व पनि पाइन्छन् जसले पाचन शक्तिलाई बलियो बनाउँछ । केरा खानाले शरीर उर्जावान् रहन्छ ।

एवोकाडो

एवोकाडोले कोलेस्ट्रोलको स्तरलाई सुधार गर्छ । एवोकाडो भिटामिन के र म्याग्नेसियम र फाइबर पाइने मुख्य स्रोत हो । यस फलमा पोटासियम पनि पाइन्छ । यस फलको सेवनले हामीलाई लामो समयसम्म भोक लाग्दैन ।

ब्लुबेरी

ब्लुबेरीमा क्यालोरी कम हुन्छ । यसमा पोषकतत्व र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । ब्लुबेरीमा पाइने भिटामिन के र एन्टिअक्सिडेन्टले मुटुरोगको जोखिमलाई कम गर्छ । यसले रक्तचापको स्तरलाई पनि सन्तुलनमा राख्छ ।

नट्स

बदाम र काजुमा उच्च मात्रामा ‘भिटामिन के’ र म्याग्नेसियम हुन्छ । यसले मुटुलाई स्वस्थ राख्छ । साथै भोकलाई कम गर्न मद्दत गर्छ ।

अन्डा

अन्डा प्रोटिनयुक्त हुनुका साथै ‘भिटामिन के’, फोलेट र सेलेनियक जस्ता आवश्यक पोषक तत्व र खनिज पाइन्छ । अन्डाले मांशपेशीको वृद्दिमा फाइदा गर्छ । यसले हड्डीलाई पनि बलियो बनाउँछ । अन्डालाई महत्वपूर्ण भोजनको रुपमा लिनुपर्छ । हाम्रो दैनिक खानामा माथीका खानेकुरा समावेश गर्न सके हामीलाई ‘भिटामिन के’ को कमी हुन पाउँदैन । दैनिक भास्करबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट