कथित अभियन्ता संग्रौलालाई ११ वर्षको कैद सजाय हुनसक्ने, यस्तो छ कारण-Sutra News

कथित अभियन्ता संग्रौलालाई ११ वर्षको कैद सजाय हुनसक्ने, यस्तो छ कारण

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

पछिल्लो समय सामाजीक सञ्जालमा हाइलाइटमा आएकी कथित सामाजीक अभियन्ता ज्वाला संग्रौलाले सरकारी कागजातसमेत कीर्ते गरेको पाइएको छ ।



अन्य व्यक्तिमाथि अभद्र टिप्पणी तथा व्यवहार देखाएको आरोपमा हिरासतमा रहेकी संग्रौलामाथि थप अनुसन्धान गर्ने क्रममा यस्तो भेटिएको बताइएको छ ।

संग्रौलामाथि कुटपिटको घटनासँगै महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहयाक निरीक्षक (असई) मणिकान्त झामाथि रंगभेदी दुर्व्यवहार गरेको घटनामा समेत अनुसन्धान थालिएको थियो।

एकपछि अर्को आरोप खेप्दै आएकी संग्रौलामाथि छानवीन गर्दा नाता प्रमाणित, अविवाहिताको प्रमाणपत्र लगायतका कागजात किर्ते गरेको प्रहरी स्रोतको दाबी छ ।

अभद्र व्यवहार, जातीय विभेद तथा छुवाछुत र लिखतसम्बन्धी कसूर गरेर अहिले संग्रौलामाथि ३ वटा केसमा अनुसन्धान चलिरहेको छ ।

उनीमाथि लगेका सबै आरोप प्रमाणित भए उनलाई अधिकतम ११ वर्षसम्म कैद हुनेछ ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट