जातीय विभेद प्रकरण : शिक्षामन्त्रीले माफी माग्दै भने, गल्ती भयो अब दोहोर्‍याउँदिनँ-Sutra News

जातीय विभेद प्रकरण : शिक्षामन्त्रीले माफी माग्दै भने, गल्ती भयो अब दोहोर्‍याउँदिनँ

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

पछिल्लो समय जातपातको विवादमा तानिएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् ।



बुधबार आयोगका पदाधिकारीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले अबदेखि यस्तो गल्ती नदोहोर्याउने बताएका छन् ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई जातीय विभेदको विषयमा सचेत गराएका थिए ।

रुपा सुनारलाई कथित दलित भएको भन्दै कोठा भाडामा नदिएकी सरस्वती प्रधानलाई प्रहरी कार्यालयबाट छुटाएर मन्त्री श्रेष्ठले आफ्नै गाडीमा लिएर गएका थिए ।

श्रेष्ठको यस्तो क्रियाकलापमाथि सर्वत्र आलोचना भएको थियो ।

मंगलवार कानूनमन्त्री लिलानाथ श्रेष्ठले पत्रकार सम्मेलनमा उपस्थिति पत्रकारलाई प्रधानमन्त्री ओलीले आइन्दा यस्तो नगर्न शिक्षामन्त्रीलाई सचेत गराएको जानकारी दिए ।

‘शिक्षामन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुस् है,’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै कानूनमन्त्री श्रेष्ठले उपस्थित पत्रकारहरूसँग भने भने, ‘तपाईंले जे गर्नुभयो, ठीक गर्नुभएन ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट