बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक सुरु-Sutra News

बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक सुरु

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक सुरु भएको छ ।



बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटि बनाउने तयारी गरेको छ ।

पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबारको स्थायी कमिटिले बुधबार हुने आयोजक कमिटिको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको हो । सोही अनुसार बुधबारको बैठकले महाधिवेशन आयोजक कमिटिलाई नै केन्द्रीय कमिटि बनाउने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट