पौडेल निवासमा गएर विमलेन्द्र निधिले भने, मलाई सहयोग चाहियो-Sutra News

पौडेल निवासमा गएर विमलेन्द्र निधिले भने, मलाई सहयोग चाहियो

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

काठमाडौँ । काँग्रेसको महाधिवेशन नजिकिएसँगै अहिले नेताहरुको भेटघाट तीव्ररुपमा अगाडी बढिरहेको छ ।



काँग्रेसमा सभापतिको दाबेदार मानिने उपसभापति विमलेन्द्र निधिले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

नेता रामचन्द्र पौडेललाई भेटेर निधिले आफुलाई सभापतिमा उठ्न सहयोग गर्न आग्रह गरेको निधिनिकट स्रोतले बताएको छ ।

आजको भेटवार्तामा पौडेलले अन्य पार्टीबाट आएका नेताहरुलाई क्रियाशील सदस्यता वितरणमा पारदर्शीता नभएको भन्दै निधिको ध्यानाकर्षणसमेत गराएको स्रोतले बतायो ।

नेता पौडेलले क्रियाशील सदस्यताको मापदण्ड पुरा नगरेको भन्दै निधिसँग असन्तुष्टि जनाएका थिए ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट