ओलीनिकट नेताले नै मागे मन्त्री कृष्णगोपालको राजीनामा-Sutra News

ओलीनिकट नेताले नै मागे मन्त्री कृष्णगोपालको राजीनामा

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता जगत विश्वकर्माले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरेका छन् ।



बालुवाटारमा जारी एमालेको महाधिवेशन आयोजक कमिटी बैठकमा विश्वकर्माले जातीय विभेदलाई प्रश्रय दिएको भन्दै मन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन् ।

‘एमालेको नेताले नै जातीय विभेद गरेको झल्किने गरी जातका आधारमा कोठा भाडामा नदिनेलाई प्रहरी कार्यालयबाट छुटाएर लिएर जानु अशोभनीय हो,’ पूर्वमन्त्रीसमेत रहेका विश्वकर्माको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले सूत्रन्यूजलाई भने ।  

विश्वकर्मा एमालेको गण्डकी प्रदेशका अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट