काठमाडौँ ।नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।
आजको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ नेतामाथि गरिएको कारवाही निष्क्रिय भएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै आजको बैठकमा पार्टीको स्थायी कमिटीमा ८ जना थप गर्ने निर्णय भएको छ ।