महाधिवेशन आयोजक समिति खारेजसँगै नेताहरुको ‘इगो’ खारेज हुने नेता रिजालको विश्वास-Sutra News

महाधिवेशन आयोजक समिति खारेजसँगै नेताहरुको ‘इगो’ खारेज हुने नेता रिजालको विश्वास

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले केन्द्रीय कमिटी पुनर्स्थापित भएसँगै नेताहरुको ‘इगो’ खारेज हुने विश्वास व्यक्त गरेका छन् ।



एमालेको बैठकपछि सामाजीक सञ्जालमा लेख्दै उनले ‘इगो’ खारेज हुने विश्वास व्यक्त गरेका हुन् ।

‘नेकपा (एमाले) मा नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी पुनर्स्थापित भएका छन्, केन्द्रीय कमिटी पुनर्स्थापित भएको छ, सबै कमिटीहरू पुनर्स्थापित भएका छन् र नेताहरूमाथिको ‘कारबाही’ खारेज भएको छ । आशा छ- अब नेताहरूको ‘इगो’ पनि खारेज हुनेछ र सिंगो एमाले एकीकृत रूपमा पुनर्स्थापित हुनेछ ।’ उनले लेखेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट