यी चार माओवादी नेता : अब एमालेको स्थायी कमिटी सदस्य-Sutra News

यी चार माओवादी नेता : अब एमालेको स्थायी कमिटी सदस्य

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

माओवादीबाट एमाले गएका ४ नेताहरू एमालेको स्थायी कमिटीमा परेका छन् ।



आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई एमालेको स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको हो ।

त्यस्तै आज थपिएका ८ स्थायी कमिटी सदस्यमध्ये ४ जना एमालेकै छन् । रघुवीर महासेठ, विष्णु रिमाल, वेदुराम भुसाल र रघुजी पन्तलाई पनि स्थायी कमिटीमा बढुवा गरिएको छ ।

बालुवाटारमा बसेको बैठकले महाधिवेशन आयोजक कमिटी खारेज गरेर स्थायी कमिते ब्युँताउने निर्णयसमेत गरेको छ ।

यससँगै यसअघि कारवाहीमा परेका नेताहरूको कारवाही फिर्ता भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट