एमाले स्थायी कमिटीमा बढुवा भएका रघुजी भन्छन् – के को बधाइ ?-Sutra News

एमाले स्थायी कमिटीमा बढुवा भएका रघुजी भन्छन् – के को बधाइ ?

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

बिरामी भएर स्वास्थ्य लाभ गरिरहेका एमाले नेता रघुजी पन्त आफू स्थायी कमिटीमा परेकोमा आफूलाई खुसी नलागेको बताएका छन् ।



सूत्रन्यूजसँग कुरा गर्दै उनले माधव नेपालसँग सहमति नगरी गरेको बढुवाको कुनै अर्थ नरहेको टिप्पणी गरे ।

तपाईलाई बधाई दिउँकि नदिउँ भनेर सूत्रन्यूजले सोधेको प्रश्नमा पन्तले भने – ‘माधव कमरेडसँग सहमति गर्नु छैन । आफूआफू बैठक बसेर केके निर्णय गरे-गरे । यसबारेमा मलाई थाहा छैन । केको बधाइ ?’

आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेकै ४ र माओवादी केन्द्रबाट आएका ४ जनालाई स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो ।

एमालेबाट रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र वेदुराम भुसाललाई स्थायी कमिटीमा लगिएको छ भने माओवादी केन्द्रबाट आएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट