पटक-पटक किन गइरहन्छन् महन्थ र राजेन्द्र भारतीय दूतावास ?-Sutra News

पटक-पटक किन गइरहन्छन् महन्थ र राजेन्द्र भारतीय दूतावास ?

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

जनता समाजवादी पार्टीका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतो भारतीय दूतावास पुगेका छन् ।



बुधवार साढे १२ बजे दुवै नेताहरू छुट्टाछुट्टै गाडीमा भारतीय दूतावास पुगेको दूतावास स्रोतले सूत्रन्यूजलाई जानकारी दियो ।

‘पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न उहाँहरू आउनुभएको हो,’ स्रोतको दाबी छ ।

केही साताअघि जसपाका नेताहरूसमेतलाई लिएर गरिएको मन्त्रिपरिषद बिस्तारलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

जसपाका नेताहरूलाई रिझाउन ल्याइएको नागरिकता अध्यादेशसमेत कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ ।

यससँगै जसपाका ठाकुर पक्षका नेताहरूसँग न सत्ता, न मुद्दा बाँकी रहेको अवस्थामा नेताहरू भारतीय दूतावास पुग्नुलाई अर्थपूर्ण हिसाबले हेरिएको छ ।

दुवै नेताहरू पटक-पटक भारतीय दूतावास गइरहने नेतामध्ये पर्छन् ।

यसअघि वैशाख २७ गते केपी शर्मा ओलीले विश्वासको मत लिने दिन पनि दुवै नेताहरू भारतीय दूतावास छिरेका थिए ।

नेपालमा भारतीय हस्तक्षेप बढेको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका नेताहरू पटक-पटक भारतीय दूतावास छिरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट