फिल्म ‘तिम्रो मेरो साथ’को डबिङ सुरु-Sutra News

फिल्म ‘तिम्रो मेरो साथ’को डबिङ सुरु

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

दोस्रो लहरको कोरोना कारण लगाइएको  निषेधाज्ञा केही खुकुलो भएलगत्तै बाँकी रहेका फिल्मका कामहरु सुचारु हुन थालेका छन् ।



केहि रोकिएका फिल्मका छायाँकनहरु सुरु हुन थालेका छन् भने फिल्मको पोष्ट प्रोडक्सनका काम पनि सुरु भएको छ ।

यतिखेर फिल्म तिम्रो मेरो साथ को डबिङको काम थालिएको छ । फिल्मका मुख्य कलाकारद्वय पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले डबिङको काम थालेका छन् ।

काठमाडौंमा रहेको रेड स्टुडियोमा उनीहरूले डबिङ गरिरहेका छन् । मेकरले गत चैत अन्तिमलाई नै फिल्म रिलिज गर्ने टार्गेट बनाएका थिए, तर कोरोना कारण फिल्म रिलिज हुन पाएन ।

रमेश एम के पौडेलको निर्माण तथा निर्देशनमा तयार भएको फिल्मलाई सविर श्रेष्ठले लेखेका हुन् । श्रेष्ठ फिल्मका कार्यकारी निर्मातासमेत रहेका छन् । त्यस्तै फिल्मलाई शिव ढकालले खिचेका हुन् । यस फिल्मलाई नेपालभन्दा पहिला अमेरिका, अस्ट्रेलियालगायतका देशहरूमा रिलिज गर्ने निर्माण पक्षको लक्ष्य रहेको छ ।

नेपालमा भने दसैँ र तिहारको बीचमा रिलिज गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट