नेकपा एमालेको माधव पक्षले स्थायी समितिको बैठक बोलाएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले महाधिवेशन आयोजक कमिटीको बैठक राखेर नेताहरूमाथि गरेको कारवाही खारेज गर्ने घोषणा गरेपछि राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको अष्टलक्ष्मी शाक्यले सूत्रन्युजलाई जानकारी दिइन् ।
‘राजनीतिक घटनाक्रमलाई विश्लेषण गर्दै अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।’ शाक्यले सूत्रन्युजसँग भनिन् ।
आजको बैठकमा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको थियो ।
त्यस्तै आजको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ नेतामाथि गरिएको कारवाही निष्क्रिय गरेको थियो ।