अन्जु र मनोजराजको स्वरमा ‘तिमी आयौं जिन्दगीमा’ गीत सार्वजनिक [हेर्नुहोस् भिडियो]-Sutra News

अन्जु र मनोजराजको स्वरमा ‘तिमी आयौं जिन्दगीमा’ गीत सार्वजनिक [हेर्नुहोस् भिडियो]

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

काठमाडौं- गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटीको स्वरमा ‘तिमी आयौ जिन्दगीमा’ गीत सार्वजनिक गरिएको छ । सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजकै संगीत सुन्न सकिन्छ । तीन वर्ष अगाडि नै रेकर्ड गरिएको गीतको हालैमात्र म्युजिक भिडियो छायाँकन गरी सार्वजनिक गरिएको हो ।



सुव्रतराज आचार्यले निर्देशन रहेको म्युजिक भिडियोमा गीतकार वाग्ले स्वयं र उनकी श्रीमती प्रमिला कार्कीले अभिनय भिडियोमा देख्न सकिन्छ ।

गीत सार्वजनिकसँगै निर्देशक आचार्यले यो ‘गजल’ मात्र नभएर यसले हरेकको जीवनमा एउटा महत्वपूर्ण अर्थ पनि राख्ने बताउँछन् । उनी भन्छन्, ‘यस भिडियोमा निर्देशन मात्रै नभएर केही मीठा पलहरू तपाईंहरूमाझ बाँड्ने कोशिश गरेका छौं ।’

उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट