काठमाडौं- बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि मध्यरातिदेखि नै ठूलो वर्षा भइरहेको छ । यसका साथै यतिखेर प्रदेश नं १, २, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस क्रममा प्रदेश नं २ र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङसहित भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पुर्ण बदली भइ धेरै स्थानमा हल्का देखि म्ध्यम वर्षा भइरहेको छ। साथै प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्टयाङ्ग सहित भारी वर्षा भइरहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ। @NDRRMA_Nepal pic.twitter.com/eD1t3EkTcl
— Nepal Weather Forecast (@DHM_Weather) June 30, 2021