पानीको सतह खतराको तहभन्दा माथि, बाढी पूर्वानुमान महाशाखाको यस्तो चेतावनी-Sutra News

पानीको सतह खतराको तहभन्दा माथि, बाढी पूर्वानुमान महाशाखाको यस्तो चेतावनी

बिहिबार, १७ असार २०७८

बिहिबार, १७ असार २०७८

काठमाडौं- लगातारको वर्षाका कारण नदीहरूको आकार बढ्ने क्रम जारी छ । मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाकाअनुसार बिहीबार बिहान साढे ५ बजेको मापनअनुसार सिन्धुली जिल्लास्थित कमला नदी, रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ ।



जसका कारण धनुषा, सिराहा लगायत तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा बाढी आउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । सो क्षेत्रका बासिन्दाहरुलाई बाढीको पूर्व सूचना निरन्तर लिइरहन तथा आवश्यक सतर्कतासहित तयारी अवस्थामा रहन भनिएको छ ।

यस्तै तनहुँको बन्दीपुर, विमलनगर, सखर तथा चितवनको कालीखोला वर्षा मापन केन्द्रमा भारी वर्षाका भएका कारण सो क्षेत्रका ससाना नदीहरुमा आकश्मिक बहाव आउन सक्ने, तथा पहिरोको जोखिम रहेकाले तटीय तथा पहिलोग्रस्त क्षेत्रमा हुनेहरुले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट