काठमाडौं- नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै छ । क्रियाशील सदस्यताका सन्दर्भमा छलफल गर्न बिहीबार दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा बैठक बस्न लागेको हो ।
बैठकमा शीर्षस्थ नेताले क्रियाशील छानविन समितिका सदस्यसँग छलफल हुने बताइएको छ । १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार असार मसान्तसम्म क्रियाशील सदस्यता टुंग्याउनुपर्ने भएपनि मापदण्ड नहुँदा छानविन समितिले निर्णय लिन सकेको छैन ।
क्रियाशील सदस्यताको कामले गति नलिँदा बारम्बार सर्दै आएको कांग्रेस महाधिवेशन पछिल्लो समय भदौ १६–१९ का लागि तय गरिएको छ ।