काठमाडौं- अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नदीमा पानीको बहाव बढेको छ । हप्तादिन दिनअघि मात्रै बाढीका कारण जनधनको क्षति भएको मेलम्चीमा पुनः बाढी आउँदा स्थानीयवासीलाई त्रसित बनाएको छ ।
हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
पानीको सतह खतराको तहभन्दा माथि, बाढी पूर्वानुमान महाशाखाको यस्तो चेतावनी
मौसम पूर्वानुमान महाशाखाकाअनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ ।