भारतीय सिनेमाका अभिनेता अमिताभ बच्चन ७८ वर्षको उमेरमा पनि सक्रिय र फिट देखिन्छन् । अहिले पनि कतिपय सिनेमामा उनले काम गरिरहेका छन् ।
सुटिङमा गएर आएको दिन उनले आफ्नो परिवारसँग तस्वीर र सेटको माहोलका बारेमा चर्चा गर्ने गर्छन् । तर उनले आफू ४ घण्टा भन्दा बढी सुत्न नपाएको गुनासो एक ब्लगमा गरेका छन् ।
उनी लेख्छन् – ‘हिजो रातको खेल लामो थियो । राति अढाई बजे खतम भयो फेरि बिहान ६ बजे उठेर काममा पनि जानु छ । निद निर्धारित थियो तर कामको सेड्युलमा जिन्दगी चलिरहेको छ । भन्छन् महात्मा गान्धी पनि १५ मिनेटको गहिरो निदबाट फ्रेस हुन्थे ।’
हिन्दी सिनेमामा बच्चनको नाम सर्वाधिक चर्चामा रहेको छ । उनलाई भारतीय सिनेमाको महानायकसमेत भन्ने गरिन्छ । उनी अहिले ७८ वर्षका भएका छन् । तर पनि उनको सक्रियताले धेरैलाई प्रेरणा दिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।