के हो सामाजिक सञ्जालमा चर्चा चलेको ‘मापसे’ गठबन्धन ?-Sutra News

के हो सामाजिक सञ्जालमा चर्चा चलेको ‘मापसे’ गठबन्धन ?

बिहिबार, १७ असार २०७८

बिहिबार, १७ असार २०७८

यतिबेला फेसबूक, ट्वीटर र अन्य सामाजिक सञ्जालमा ‘मापसे’ भन्दै विपक्षी गठबन्धनमाथि व्यंग्य हान्न थालिएको छ ।



प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली समर्थकहरूले सिर्जना गरेको ‘मापसे’ शब्द खासमा एमालेकै नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाको नामको पहिलो अक्षरबाट बनाइएको हो ।

माधव, प्रचण्ड र शेरबहादुरको गठबन्धनलाई ‘मापसे’ गठबन्धन भन्दै सामाजिक सञ्जालमा चर्चा गर्ने गरिएको छ ।

मापसेको स्वाभाविक अर्थ भने मादक पदार्थ सेवन हो । तर व्यंग्यात्मक रूपमा विपक्षी गठबन्धनलाई होच्याउन मापसे शब्द प्रयोग हुन थालेको छ ।

प्रधानमन्त्री ओलीका समर्थनहरूले साइबर सेना नै गठन गरेर यस्ता व्यंग्यात्मक शब्दहरू खोजी खोजी विरोधीहरूलाई उडाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट