प्रधानन्यायाधीशको प्रश्न- १४९ जनाको हस्ताक्षर लिएर गएका देउवाको के गल्ति भयो ?-Sutra News

प्रधानन्यायाधीशको प्रश्न- १४९ जनाको हस्ताक्षर लिएर गएका देउवाको के गल्ति भयो ?

बिहिबार, १७ असार २०७८

बिहिबार, १७ असार २०७८

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्धको रिटमाथि बिहीबार जारी बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ले कांग्रेस सभापति शेर बहादुर देउवाले १ सय ४९ जनाको समर्थन लिएर प्रधानमन्त्रीमा दावी गर्दा के गल्ति भयो भन्दै प्रश्न उठाएका छन् ।



संवैधानिक इजलासमा ओलीको तर्फका वरिष्ठ अधिवक्ता अग्नि खरेलले गरेको बहसका क्रममा जबराले यस्तो प्रश्न गरेका हुन् ।

संसद विघटनविरुद्ध परेको रिटमाथि आज पनि संवैधानिक इजलासमा सुनुवाइ जारी छ 

बुधबार प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र भण्डारी र विजयकान्त मैलानीले बहस गरेका थिए  ।

प्रधानमन्त्रीका तर्फबाट कूल २३ जनाले बहस गर्नेछन् । प्रधानमन्त्रीका नीजि कानून व्यवसायीका लागि सात घण्टा समय छुट्याइएकामा आजका लागि चार घण्टा ३० मिनेट समय बाँकी छ ।

आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो । निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो । उक्त समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरेका थिए ।

प्रधानमन्त्री पक्षको बहसपछि सभामुखका कानून व्यवसायीले एक घण्टाको सयम पाउनेछन् । त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन् । जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी)को बहस हुनेछ । त्यसपछि फैसला हुनेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिनेछ । उक्त विवादमा ३० रिट निवेदन परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट