परीक्षार्थीको नि:शुल्क पीसीआर परीक्षण गर्नुपर्ने विवेकशील साझाको माग-Sutra News

परीक्षार्थीको नि:शुल्क पीसीआर परीक्षण गर्नुपर्ने विवेकशील साझाको माग

बिहिबार, १७ असार २०७८

बिहिबार, १७ असार २०७८

विवेकशील साझा पार्टीको युवा संगठनले एमबीबीएस लगायत सबै प्रवेश परीक्षा दिनेहरूको निशुल्क पीसीआर परीक्षण गर्नुपर्ने माग राखेको छ ।



महासचिव सरोज गौतमले बिहीवार एक विज्ञप्ति जारी गर्दै प्रवेश परीक्षा दिनुअघि सबैको पीसीआर परीक्षण हुनुपर्ने माग राखेका हुन् । उनले विद्यार्थी र अविभावकलाई थप तनाव नदिन सरकारसँग माग गरेका छन् ।

हेर्नुहोस विज्ञप्ति –

विद्यार्थी र अभिभावकलाई थप तनाव नदेऊ।

चिकित्सा शिक्षा आयोगले मिति २०७८ साल ०३ महिना १५ गते जारी गरेको सुचना बमोजिम एकीकृत प्रवेश परिक्षामा विद्यार्थीले परिक्षाको ७२ घण्टा अघि गर्नुपर्ने गर्नुपर्ने पीसीआर परिक्षणको सुचनाबारे हाम्रो ध्यानाकर्षण भएको छ।

एकीकृत परिक्षण सम्बन्धि विद्यार्थीहरुको लागी वर्षौंदेखिको मेहनत देखाउने विशेष परिक्षा हो भने अभिभावकका लागि पनि उत्तिकै महत्वको क्षण हो । विवेकशील साझा युवा सङ्गठन विद्यार्थीहरुले MBBS लगायत चिकित्शा शिक्षाका विभिन्न विधाको प्रवेश परिक्षा अगाडी गर्नुपर्ने पीसीआर परिक्षण सरकारले निशुल्क गर्न माग गर्दछ। साथै, प्रवेश परीक्षाका लागि दर्ता भएका सम्पूर्ण विद्यार्थीहरुलाई प्राथमिकताको साथ यथाशिघ्र कोरोनाको खोप उपलब्ध गराउन समेत जोडदार माग गर्दछ।

एउटा विधार्थीले चार हजार रुपया दस्तुर तिरेर परिक्षा फारम भरी परिक्षा दिँदै गर्दा फेरी थप रकम तिरेर परिक्षा गर्न लगाउनु विद्यार्थीका निम्ति न्यायोचित छैन । सरकारी अस्पतालहरुमा कोरोना परीक्षणको नतिजा आउने समय निश्चित नै नहुने र निजिमा रु. दुइ हजार तिरेर पीसीआर परिक्षण गर्नु विद्यार्थी र अभिभावकका निम्ति थप आर्थिक भार त हो नै साथै यो सुनौलो सपना देखिरहेका कलिला मस्तिस्कहरुमा सरकारको अवाञ्छित शोषण हो भन्ने हामीलाई लागेको छ । यो प्रवेश परिक्षा छात्रवृतिका निम्ति हो।

, यो परिक्षामा परीक्षार्थीहरुले दुइ तिन विषयसम्म पनि फारम भरेका हुन्छन्। त्यसैले प्रत्यक परिक्षाको ७२ घण्टा अघि पीसीआर परिक्षण विद्यार्थीलाई नै गर भन्नु अव्यवहारिक, गैरजिम्मेवार र असह्य छ । आयोगको नेतृत्वको सामान्य विवेकले हल हुने विषय जटिलता तर्फ धकेल्नु न्यायाचित त छैन नै यो अक्षम्य कदम पनि हो । तसर्थ, यो जिम्मेवारी राज्यले लिनुपर्छ र निशुल्क पीसीआर परिक्षणको सहज वातावरण उपलब्ध गराउनुपर्छ। यो परिक्षा अगाडी विद्यार्थीलाई परिक्षाको स्वभाभिक तनावमा हुन्छन् ।

आयोगले विद्यार्थीको त्यो तनावलाई बुझेर यदि कुनै विधार्थीको पीसीआर पोजिटिभ आएमा संक्रमित विद्यार्थीलाई परीक्षा केन्द्र सम्म पुग्न सहज यातायातको व्यवस्था गर्नुपर्छ । सम्बन्धित विद्यार्थीका निम्ति परिक्षा केन्द्र नजिक स्वस्थ र सहज आइसोलेसन तथा क्वारेन्टाइनको व्यवस्था समेत सरकारले नै गरिदिनुपर्छ।

परिक्षाको अवधिभर विद्यार्थीको र सम्बन्धित अन्य पक्षको स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध आयोगले तदारुकताका साथ मिलाउनुपर्छ। परीक्षा व्यवस्थापनको तनाव लिने विद्यार्थीले होइन, आयोगले हो, राज्यले हो। तसर्थ, हामी आयोगलाई विद्यार्थी र अभिभावकको यो बाध्यता बुझेर विद्यार्थीका निम्ति निशुल्क पीसीआर परिक्षण, पीसीआर पोजिटिभ भएका विद्यार्थीका निम्ति परिक्षा केन्द्र नजिक आइसोलनका निम्ति व्यवस्था र सम्पूर्ण विद्यार्थीका निम्ति सहज र सुरक्षित वातावरणको प्रत्याभूति गराउन आयोग समक्ष जोडदार माग गर्दछौँ।

साथै, नयाँ शैक्षिक सत्रका कक्षाहरु शुरु हुन गइरहेको अवस्थामा हामी मुलुकभरीका सम्पूर्ण विद्यार्थीहरु तथा शिक्षकहरुका निम्ति छिटोभन्दा छिटो भ्याक्सिनको व्यवस्था गर्न समेत जोडदार माग गर्दछौं।

सरोज गौतम, महासचिव

विवेकशील साझा युवा संगठन

मिति- २०७८ साल असार १७ गते

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट