काभ्रे- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१० का ८० दलित परिवारलाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरिएको छ । वडाका सबै समुदायका परिवारका लागि एक/एक थान फिल्टर वितरण गरिएको हो ।
कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले नगरपालिकाबाट विभिन्न कार्यक्रम गर्दै आएकामा दलित समुदायको उत्थानका लागि फिल्टर वितरण गरिएको बताइन् ।
नगरपालिकाले आयोजना गरेको कार्यक्रम सफल बनाउनका लागि सोही समुदायका व्यक्ति बढी क्रियाशील हुन आवश्यक रहेको उनले सुनाइन् ।
दलित समुदायको आयआर्जन वृद्धि गर्दै आर्थिक उन्नतिका लगि नगरपालिकाबाट गर्नुपर्ने काममा समेत आवश्यक सुझाव दिन उनले आग्रह गरिन् ।