१९ अङ्कले बढ्यो नेप्से, ६ अर्ब बढीको कारोबार-Sutra News

१९ अङ्कले बढ्यो नेप्से, ६ अर्ब बढीको कारोबार

बिहिबार, १७ असार २०७८

बिहिबार, १७ असार २०७८

पछिल्लो समय लगातार घटिरहेको सेयर बजार परिसूचक कारोबारको अन्तिम दिन आज बिहीबार सामान्य अंकले बढेको छ ।



आज नेप्से १९ दशमलव १२ अङ्कले बढेर दुई हजार आठ सय ४३ विन्दुमा पुगेको हो । आज नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २१ प्रतिशत अर्थात् ६ दशमलव ३३ अंकले बढेर ५२८ दशमलव ७१ विन्दुमा पुगेको छ ।

आज दुई सय २४ कम्पनीका तीन करोड २८ लाख कित्ता शेयर ६ अर्ब ७० करोड रुपैयाँमा काराेबार भएका छन् ।

बिहीबार गुडवील फाइनान्सको ९ दशमलव ३३ प्रतिशत, ग्रीन डेभलपमेण्टको ९ दशमलव ३२ प्रतिशत र सिन्धु विकास बैंकको शेयर मूल्य ९ दशमलव १४ प्रतिशतले बढेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट