बाबा ग्यास उद्योगमा पस्यो बाढी, हजारौं ग्याँस सिलिण्डर बगाएको आशंका-Sutra News

बाबा ग्यास उद्योगमा पस्यो बाढी, हजारौं ग्याँस सिलिण्डर बगाएको आशंका

बिहिबार, १७ असार २०७८

बिहिबार, १७ असार २०७८

खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पु¥याएको छ ।



कयर खोलाले उद्योगमा क्षति पु¥याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन् ।

उनले भने, “यहाँका सिलिण्डर वगाएर सौराहा सम्म पुगेका छन् ।”वाढीले उद्योगको संरचनामा नोक्सान पु¥याएको छ ।

उद्योगमा १० देखि १५ हजार सिलिण्डर रहन्छ । के कति सिलिण्डर वगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको छैन ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाले पूर्वी चितवनको खैरहनीसँगै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताए ।

स्थानीय खोलाहरु बढेर पुलहरु उच्च जोखिममा रहेको उनले बताए ।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्वी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १,२,३,८ र ९ सँगै रत्ननगर नगरपालिकाको वडा नम्बर ३ शान्ति चोक डुवानमा परेको छ ।

कतिपयलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको उनले बताए ।

लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले वगाएको छ । लोथर र राप्ती खोलासमेत वढ्दै गएको भन्दै उनले सौराहा पनि डुवानको खतरामा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट