काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले संसद र संविधानको सर्वोच्चतालाई प्रधानमन्त्रीले खिल्ली उडाएको दाबी गरेका छन् । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै नेता शर्माले यस्तो बताएका हुन् ।
शर्माले भने, ‘के यो प्रणाली प्रधानमन्त्रीय प्रणाली हो ? राष्ट्रपतीय प्रणाली हो ? पक्कै पनि होइन । राष्ट्रपतिले अभ्यास गर्ने प्रणाली होइन र प्रधानमन्त्रीले पनि होइन । प्रधानमन्त्रीलाई त्यस्तो भ्रम छ । दुई तिहाइको दम्भ गरेर पार्टीलाई पनि जोगाउन सकेनन् । जनप्रतिनिधिको संस्थालाई पनि जोगाउन सकेनन् । यसमा सबै जवाफदेही भए पनि नेतृत्व जिम्मेवार हुनैपर्छ ।’