अमेरिकी पूर्वरक्षामन्त्री डोनाल्ड रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन-Sutra News

अमेरिकी पूर्वरक्षामन्त्री डोनाल्ड रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन

बिहिबार, १७ असार २०७८

बिहिबार, १७ असार २०७८

वासिङ्टन- अमेरिकी पूर्वरक्षामन्त्री डोनाल्ड रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको छ । सन् २००३ मा इराकमा अमेरिकी आक्रमणका मुख्य योजनाकार मानिएका रम्सफेल्डलाई अमेरिकी सेनाको आधुनिकीकरणका प्रमुख व्यक्ति मानिन्छ ।



रम्सफेल्डको परिवारले सार्वजनिक गरेको विज्ञप्तिमा ८८ वर्षको उमेरमा डोनाल्ड रम्सफेल्डको निधन भएको पुष्टि गरिएको छ । रम्सफेल्डले सन् १९७० को शुरुमै राष्ट्रपति गेरार्ड फोर्डको प्रशासनका समयमा रक्षामन्त्रीको रुपमा सेवा गरेका थिए । उनी सन् २००० को शुरुमा राष्ट्रपति जर्ज डब्लु बुशको कार्यकालमा पनि रक्षामन्त्री बनेका थिए ।

रम्सफेल्ड रक्षामन्त्री रहँदा दुई वटा द्वन्द्वको सामना गर्नु परेको थियो । पहिलो, सन् २००१ मा अमेरिकी भूमिमा इस्लामिक स्टेटले गरेको आतंकवादी आक्रमणपश्चात अफगानिस्तानमा सैन्य कारबाही र सन् २००३ मा इराक युद्धमा सहभागी ।

बुशको समर्थन भएपनि रम्सफेल्डले इराक युद्धमा अमेरिकी भूमिकालाई लिएर अमेरिकी र नेटोका सदस्य मुलुकहरुले प्रश्न उठाएपछि सन् २००६ मा आफ्नो पदबाट राजीनामा दिएका थिए । खासगरी, इराकमा आम विनाशकारी हतियारको भण्डार रहेको भन्ने रम्सफेल्डको भनाईलाई विवाद उत्पन्न भएको थियो ।

पूर्वराष्ट्रपति जर्ज डब्लु बुशले बुधबार विज्ञप्ति प्रकाशन गरी रम्सफेल्डका कार्यहरुको प्रशंसा गर्दै रम्सफेल्ड उदाहरणीय निजामती प्रशासक र एक निकै नै असल व्यक्ति रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट