गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्यो-Sutra News

गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्यो

बिहिबार, १७ असार २०७८

बिहिबार, १७ असार २०७८

कास्की- कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ ।



मादी गाउँपालिका-९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् ।

उक्त स्थान निर्माणधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पर्छ। घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ ।

पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट