कांग्रेसमा क्रियाशील सदस्यता सम्बन्धी विवादले बैठक नै स्थगित-Sutra News

कांग्रेसमा क्रियाशील सदस्यता सम्बन्धी विवादले बैठक नै स्थगित

बिहिबार, १७ असार २०७८

बिहिबार, १७ असार २०७८

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बस्ने भएको छ । आवश्यक तयारी नपुगेको जनाउँदै आज बस्ने भनिएको बैठक स्थगित गरिएको थियो ।



कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ । कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेलले शुक्रबार अपराह्न २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिए ।

बैठकका बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ ।

छानबिन समितिका अनुसार पार्टीमा हालसम्म आठ लाख ३० हजारभन्दा बढी सदस्यता प्रवेश भएकोे छ ।

कांग्रेसमा १४ औँ महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ । पार्टीले क्रियाशील सदस्यता छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट