काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङका ५ सय ७८ नेता कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा राप्रपा परित्याग गरी लामासहितका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । उनीहरूलाई सभापति देउवाले स्वागत गरे ।
कांग्रेस प्रवेश गर्नेहरूमा केन्द्रीय सदस्य श्याम लामासहित धादिङ निर्वाचन क्षेत्र १ का क्षेत्रीय अध्यक्ष सानुराम घले, जिल्ला कार्यसमिति सदस्य तथा धुनीबेंसी नगर प्रमुखका प्रत्याशी दिपक रुपाखेती, थाक्रेका बिनोद लामा, समानुपातिकतर्फ प्रदेशसभा सदस्य उम्मेदवार मनिता तामाङ, पिडागाउँ समिति अध्यक्ष विजय भण्डारी, क्षेत्रीय सदस्य प्रबिण तामाङ, क्षेत्रीय सदस्य धर्म खतिवडासहित धादिङका ५ सय ७८ जना नेता तथा कार्यकर्ता रहेका छन् ।