कमला नदीको टापुमा फसेका तीनको उद्धार-Sutra News

कमला नदीको टापुमा फसेका तीनको उद्धार

बिहिबार, १७ असार २०७८

बिहिबार, १७ असार २०७८

काठमाडौं- कमला नदीको टापुमा बाढीको कारण फसेका तीन जनालाई सुरक्षाकर्मीले उद्धार गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहा बस्ने ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारीलाई नदीबाट सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन् ।



उद्धार गरिएका तीनै जना नदीको बीच भागको बीच टापुमा फसेका थिए। उनीहरुलाई मध्याह्न १२ बजे श्रीनाथ गण महेन्द्रनगर, दंगा नियन्त्रण प्रहरी गण ढल्केवर, इलाका प्रहरी कार्यालय ढल्केवर र सशस्त्र प्रहरी बेस क्याम्प रघुनाथपुरबाट खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको इप्रका ढल्केवर प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

नदीमा फसेका तीनै जना बुधबार साँझ ८ बजे किनारमा लगाइएको परवल खेत रुग्न गएका थिए । बुधबार राति नदीमा आएको बाढीले खेतको दुवैतर्फको जमीन कटान गरेर खोला बग्न थालेपछि तीनै जना नदीमा फसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट